शनिबार, बैशाख १५, २०८१

कागेश्वरीमा हरियो मकै चढाउँने भक्तजनहरुको भिड (फोटो फिचर)

प्राकृतिक सौन्दर्यता तथा आकर्षक छहरा एवम् झर्ना सहित काठमाडौं उपत्यकाको मनमोहक दृष्यावलोकन गर्न भक्तजनलनइ भ्याइनभ्याइ

-काठमाडौं भाद्र १४/ अनुप प्रधान  

 राजधानी काठमाडौको उत्तरपुर्वी क्षेत्र शिवपुरी नागार्जुन राष्टिय निकुञ्जको जङ्गलस्थित धार्मिक तथा पर्यटकीय स्थल कागेश्वरी महादेवको Anup_20170829_260Anup_20170829_255Anup_20170829_257Anup_20170829_256Anup_20170829_258Anup_20170829_254 Anup_20170829_253 Anup_20170829_252Anup_20170829_264 Anup_20170829_263 Anup_20170829_262 Anup_20170829_265मन्दिरमा मंगलवार वृहत मेला लागेको छ छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिनमा भब्य मेला लाग्ने परम्परा अनुरुप यस वर्ष पनि मन्दिरमा भेला भर्न र पूजाआजा सहित हरियो मकै चढाउँदै कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न भक्तजनहरुको घुइचो लागेको थियो ।

त्यसो त कागेश्वरी मेलामा हिन्दु तथा बौद्ध धर्माबलम्बीहरु त्यत्तिकै ठुलो संख्यामा जाने गर्दछन् । जनै पुर्णिमामा रसुवाको गोसाईकुण्ड जाने भक्तजनहरुले त्यहाँबाट जल ल्याउने र कागे अष्टमीका दिन कागश्वरी महादेवलाई सो जल चढाएर ब्रत विर्सजन गर्ने प्रचलन समेत रहि आएको छ । सत्ययुगमा सतिदेवीको अंग पतन भएर यहां एक शिवलिंग उत्पन्न भएको भनाइ स्वस्थानी ब्रतकथामा उल्लेखित छ । यहाँको प्राकृतिक सौन्दर्यता पनि मनमोहक छ । कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउँछ । यस क्षेत्रबाट काठमाडौं उपत्यकाको मनमोहक दृष्यावलोकन समेत गर्न सकिन्छ ।

धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण यो मन्दिरको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान सुरु गरिएको छ । समग्र कागेश्वरीको एकिकृत गुरुयोजना निर्माण गरी यसलाई विकास गर्ने र पर्यटनका मार्फत स्थानीय जनताको आर्थिक क्षमताको विकास गर्ने लक्ष्य लिइएको छ । पर्यटन विकासकै उद्धेश्यले गागलमा लोकतान्त्रिक सहिद उद्यान निर्माण गरिएको छ । पहिलो क्रान्ति दिवसको संझनामा यस क्षेत्रको पर्यटकीय विकासको संभावनालाई उजागर गर्ने उद्धेश्यले फागुन ७ गते कागेश्वरी पर्यटन महोत्सवको आयोजना गरिदै आएको छ । त्यस्तै त्यस क्षेत्रबाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने सांसद रामेश्वर फुयाँलले आफ्नो सांसद विकास कोषबाट रु ५ लाख र नेपाल सरकारको रु पाँच लाख सहयोगबाट मन्दिरको विशेषतालाइ प्रखरित बनाउँन एक हजार किलोको ‘काग स्तम्भ’ समेत बनाइँदै गरेका कारण एक हजार किलोका काग स्तम्भ हेर्न पनि अहिले मन्दिरमा दिनुहु भिड लाग्ने गरेको स्थानीयले बताएका छन ।