बिहिबार, बैशाख १३, २०८१

ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्ट : बिजुक्छें

भक्तपुर भाद्र १४,  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा  नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु र पूर्व योजना अनुुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलहका तिनै एक तिहाई बिदेशी एजेन्टहरुको भूमिका रहेको बताउनु भएको हो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिब्यक्ति संसदको मर्यादा बिपरित रहेको र  प्रमलाइ समेत   के बोल्ने भन्ने बारे जानकारी समेत नहुनु    आफैमा लाजमर्दो विषय भएको  बताए । त्यस्तै उहाँले    तोकेको समयमै निर्वाचन सम्पन्न गराउँन   आयोगलाइ आग्रह गर्दै     नेता  बिजुक्छें  निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबावमा पारी मिति परिवर्तन लगायत अन्यका काम गर्नु देशको हितानुकुल नहुने उहाँले बताउनु भएको  छ ।