बिहिबार, बैशाख २०, २०८१

राजनीतिज्ञ र सरकारी कर्मचारीलाई अव निजी कम्पनीको बिमान चढ्न रोक

Captureकाठमाडौं श्रावण २५ , व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकले सार्वजनिक पद धारण गर्ने राजनीतिज्ञ र सरकारी कर्मचारीहरुलाई नेपाल वायु सेवा निगमकै जहाज चढ्न निर्देशन दिएको छ । समितिको प्रस्तुत निर्देशन अनुसार अबदेखि मन्त्री, सांसद र सरकारी कर्मचारीले निजी कम्पनीका बिमान चढ्न नपाउने भएका छन् ।

समितिले सार्वजनिक पद धारण गर्ने राजनीतिक पदाधिकारी र राज्यकोषबाट तलब सुविधा लिने कर्मचारीलाई नेपाल वायु सेवा निगमको व्यवसायिक क्षमता अभिवृद्धि गराउँन राष्ट्रिय ध्वजाबाहक जहाज नै चढ्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।  प्रस्तुत व्यवस्था कार्यान्वयनमा आएपछि मन्त्री, सांसद र कर्मचारीले नेपाल वायु सेवा निगमको जहाज उड्ने गन्तव्यहरुमा नीजि कम्पनीका बिमान चढ्न पाउने छैनन् ।