बुधबार, बैशाख १९, २०८१

नायिका पन्तले गरिन नायक श्रेष्ठसंग सुटुक्क बिहे

काठमाडौँ श्रावण ११ , पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नबराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । उक्त चलचित्र स्काउटमा नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् । नायक नबराज श्रेष्ठले रियलमा नभएर रिलमा मात्र सुटुक्क बिहे गरेका हुन । 20370284_10155529362062354_1178402546_nउक्त चलचित्र स्काउटमा विभिन्न चलचित्रमा सफल अभिनय गरेर नेपाली दर्शक श्रोताहरुको मन जित्न सफल नायक श्रेष्ठको यस चलचित्रमा फरक खालको भूमिकामा बेजोड प्रस्तुतिको साथ अभिनय देख्न पाइने भएको छ ।

उनको मिलनसार स्वभाब, आफ्नो कामलाई सधै पहिलो प्राथमिकता दिदै मेहनतका साथ सम्पन्न गर्ने ब्यबहारका कारण र उत्कृष्ट अभिनयको कारणले गर्दानै उनि सबैको रोजाईमा पर्दै नेपाली चलचित्र क्षेत्रमा प्रिय बनेका छन  । त्यस्तै नायक श्रेष्ठ पर्दामा मात्र नायक नभएर वास्तविक रुपमा चलचित्र उधोगको नायक भएको कुरा चलचित्र विश्लेषकहरु बताउछन मोफसलमा बसेर पनि सधै नेपाली कला, सस्कृति, कलाकारितालाइ माया गर्दै नेपाली चलचित्रको उत्थानलाई पहिलो प्राथमिक्ता दिदै आफ्नो सम्पूर्ण जिबन यस क्षेत्रमा समर्पित गर्ने सोच लिएर अगाडी बढेका नायक श्रेष्ठको अन्य नया चलचित्रहरु पनि चाडैनै नेपाली दर्शक श्रोता माझ आउने कुरा उनि बताउछन ।