काठमाडौ श्रावण ८, मन्त्रीपरिषदको गत विहिवार बसेको बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन सहित अध्यक्षको जिम्मेवारी दिएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश कमलनारायण दासलाई आज सवोच्चका प्रन्या गोपाल पराजुलीले पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रमकावीच प्रन्या पराजुलीले आयोगका अध्यक्ष दास लाइ पद तथा गोपनियताको शपथ गराउनुभएको हो । त्यस लगत्तै अध्यक्ष दासले आयोगका सदस्य माधव अधिकारी, डा विश्वकल्याण पराजुली र गणेशराज कार्कीलाई पनि पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।