काठमाडौं श्रावण ३, नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले यसअघि सम्पन्न स्थायी समितिको बैठकको निर्णय अनुरुप पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूका दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
एकाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले निर्वाचित जनप्रतिनिधिहरूका लागि प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य सहित यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा अभिमूखीकरण कार्यक्रममा स्थानीय तहको वित्त व्यवस्थापन, विकास निर्माण, स्रोत परिचालन, कानुनी प्रबन्धलगायत राजनीतिक दायित्वका बारेमा प्रशिक्षण दिइनुको अलावा अभिमूखीकरण प्रदेश नम्बर १ मा श्रावण २३ र २४, प्रदेश नम्बर ३ मा श्रावण २७ र २८, प्रदेश नम्बर ४ मा श्रावण २७ र २८, प्रदेश नम्बर ५ मा श्रावण १० र ११ गते, प्रदेश नम्बर ६ मा श्रावण २९ र ३० गते र प्रदेश नम्बर ७ मा श्रावण ७ र ८ गते अभियमूखीकण कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ ।