शुक्रबार, चैत्र १६, २०८०

वैकल्पिक शक्ति बन्न नयाँ शक्ति र सङ्घीय समाजवादी एकाकार हुदै

काठमाडौ श्रावण ३, पूर्व प्रम डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपालबीच आसन्न प्रदेश न २को निर्वाचन पूर्वनै पार्टी एकिकरण गर्ने अन्तिम तयारी भएको थाहा भएको छ ।

images (2)सम्वद्ध स्रोतका अनुसार यसअघि सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एउटै चुनावा चिह्न ग्रहण गर्दै चुनावी मैदानमा उत्रेका यी दुवै पार्टी वीच अन्तिम छलफल भइरको र छलफलको अन्तिम निष्कर्ष पार्टी एकीकरणनै भएको दुवै पार्टीका नेताहरुले बनाएको बताईएको छ ।

त्यस्तै पार्टी एकिकरण पछि मुलुकको वैकल्पिक शक्तिका रुपमा पार्टीलाइ गतिशील बनाउँदै आसन्न प्रदेश न २ को निर्वाचनमा विजयी हुन आवश्यक योजना पनि तय गर्नु पर्नेमा नेतारुको जोड रहेको थियो ।  त्यस्तै पार्टी एककिरकरणको लागि नितिगत निर्णय गर्नका लागि नयाँ शक्तिको केन्द्रीय समितिको बैठक श्रावण ९ र १० तथा फोरम नेपालको केन्द्रीय समितिको बैठक ११ र १२ गते   बस्दै एकिकरणलाइ टुङ्गो लगाउने भएको छ ।