शुक्रबार, बैशाख १४, २०८१

भूकम्पप्रभावित ३१ जिल्लाका लाभग्राहीले अनुदान रकम आषाढ भित्रै लिइसक्नुपर्ने

काठमाडौं श्रावण ३, राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । गत अषाढ २८ गते प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले अनुदान प्राप्त गर्ने अन्तिम तालिका स्वीकृत गरेपछि प्राधिकरणले निजी Captureआवास पुनर्निर्माणका लागि समयसीमा तोकी थप अभियानका रुपमा कार्यक्रम संचालन गर्ने निर्देशक समितिको वैठकको निर्णय अनुसार प्राधिकरणले समय सिमा तोकेरै अनुदान लिन लाभग्राहीलाई आग्रह गरेको छ ।

निजी आवास पुनर्निर्माणको लागि अनुदान सम्झौता भई घर निर्माण शुरु गरेको संख्या कम रहेको अवस्थालाइ दृष्टिगत गर्दै प्राधिकरणले लाभग्राहीहरुलाइ घर पुनर्निर्माणको कार्यमा तिव्रता दिलाउँन भूकम्पप्रभावित ३१ जिल्लामै लागू हुने गरी समयसीमा निर्धारण गरिएको होे ।  प्राधिकरणले निर्धारण गरेको तालिकाअनुसार लाभग्राहीले २०७५ असार मसान्तभित्र निजी आवास पुनर्निर्माण सम्बन्धी सम्पुर्ण अनुदान लिइसक्नुपर्नेछ ।

निर्धारित तालिकाअनुसार पहिचान भएका सबै लाभग्राहीहरुले आगामी कार्तिक मसान्तभित्र अनुदान सम्झौता गरी प्रथम किस्ता लिइसक्नुपर्नेछ । यस्तै २०७३ पुस मसान्तसम्म प्रथम किस्ता प्राप्त गरेका निजी घरधनीले २०७४ पुस मसान्तसम्म र आगामी कात्तिक मसान्तभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले आगामी चैत्र मसान्तभित्रै दोस्रो किस्ता लिइसक्नुपर्नेछ । यसैगरी २०७४ पुस मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ जयेष्ठ मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्नुपर्नेछ भने २०७४ चैत्र मसान्तभित्र दोस्रो किस्ता प्राप्त गर्ने निजी घरधनीले २०७५ आषाढ मसान्तसम्म अन्तिम अर्थात तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।