शुक्रबार, बैशाख ७, २०८१

फोटोसहितको मतदाता नामावली दर्ताको म्याद श्रावण ३२ सम्म

काठमाडौं श्रावण ३,  निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोजनार्थ फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता कार्यक्रम यही श्रावण १६ देखि ३२ गतेसम्म स्थानीय तहमा सञ्चालन गर्ने भएको छ ।
PressRelease2074043
आयोगको आज बसेको बैठकले निर्वाचन आयोगको श्रावण १ देखि १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा मात्र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय सच्याउँदै श्रावण १६ देखि ३२ गतेसम्म मुलुकका ६६९ स्थानीय तह तथा ७५ वटै जिल्ला सदरमुकामस्थित जिल्ला निर्वाचन कार्यालय र क्षेत्रीय निर्वाचन कार्यालयबाट त्यस्तो मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था सहितको निर्णय गरेको हो । त्यस्तै आयोगको पछिल्लो निर्णयअनुसार ७५ वटै जिल्ला सदरमुकामस्थित स्थानीय तहका मतदाताले भने सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट सो सेवा प्राप्त गर्न सक्ने आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा जिल्ला निर्वाचन कार्यालयमा नामावली दर्ता आगामी निर्वाचनको मिति घोषणा नभएसम्म हुनेछन् भने स्थानीय तहमा भने यही श्रावण ३२ गतेसम्म मात्र सञ्चालन हुने जनाउँदै रोजगारी वा पढाइका सिलसिलामा आफू रहेको जिल्ला निर्वाचन कार्यालयबाट स्थायी ठेगानामा रहने गरी मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु