मङ्लबार, बैशाख २५, २०८१

सिन्धुलीगढी रेडियोलाई बालसंवेदनशिल सामुदायिक रेडियो पुरस्कार

काठमाडौ आषाढ २८, केन्द्रीय बालकल्याण समितिले सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) सँग मिलेर स्थापना गरेको ५० हजार नगद राशीको बालसंवेदनशिल सामुदायिक रेडियो पुरस्कार २०७३ सिन्धुलीको सामुदायिक रेडियो सिन्धुलीगढीलाई प्रदान गरेको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा 20170712_150731बालकल्याण समितिकी अध्यक्ष बबिना श्रेष्ठ, समितिका कार्यकारी निर्देशक तारक धिताल र अकोराबका अध्यक्ष शुवास खतिवडाले रेडियो सिन्धुलीगढीका अध्यक्ष कृष्णहरि घिमिरेलाई संयुक्त रुपमा प्रदान गरे । आमसंचार माध्यममा सामुदायिक रेडियोमार्फत नेपालमा बालअधिकारको सम्बर्धन र संरक्षणमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ । समितिले अकोराबसँग मिलेर स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।

मुलुकभर रहेका झण्डै ३ सय रेडियोमध्ये बालसंबेदनशील रेडियो कार्यक्रम प्रसारण गर्ने रेडियोमा सिन्धुलीगढी उत्कृष्ट भएको हो । समितिले गठन गरेको ५ सदस्यीय मूल्यांकन समितिले पुरस्कृत रेडियोको चयन गरेको हो । सिन्धुलीमाढीबाट ९४ मेगाहर्जमा प्रसारण हुँदै आएको सिन्धुलीगढी रेडियोले बालमैत्री कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ । पुरस्कार वितरण कार्यक्रममा सिन्धुलीगढी रेडियोका अध्यक्ष कृष्णहरि घिमिरेले पहिलो चोटी वितरण गरिएको उक्त पुरस्कार आफ्नो रेडियो पाएकामा गौरवको अनुभूति भएको बताउँदै भविष्यमा बालमैत्री कार्यक्रम निर्माण र प्रसारण गर्न यस पुरस्कारले अझै हौसला प्रदान गर्ने बताए ।   कार्यक्रममा समितिका प्रबन्ध निर्देशक धिताल, अकोराबका अध्यक्ष खतिवडा, विश्व सामुदायिक रेडियो महासंघ (अमार्क) का सहअध्यक्ष मिनबहादुर शाही, नेपाल पत्रकार महासंघकी सचिव संगिता खड्कालगायतले बालसंवेदनशीले पुरस्कार विजेता रेडियो सिन्धुलीगढीलाई बधाइ दिँदै सबै सञ्चार माध्यमले बालमैत्री कार्यक्रम प्रसारणलाई प्राथमिकता दिनु पर्ने बताए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु