मङ्लबार, बैशाख १८, २०८१

कविता लेखन तथा वाचनको पहिलो पुरस्कार अनुज्ञालाइ

काठमाडौं आषाढ २५ , २०४ औं भानुजयन्तीको अवसर पारेर एस ए बी पब्लिक स्कुलले विशेष उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालयस्तरीय स्थलगत Anup_20170708_17Anup_20170708_14 Anup_20170708_15 Anup_20170708_16 Anup_20170708_2 Anup_20170708_5 Anup_20170708_7 Anup_20170708_9 Anup_20170708_10 Anup_20170708_11 Anup_20170708_12 Anup_20170708_13कवितालेखन तथा वाचन प्रतियोगिताको आयोजना गरेको छ ।  मुलत बालप्रतिभाहरूको प्रस्फुटन प्रमुख लक्ष्य सहित शनिवार आयोजित उक्त प्रतियोगिताको प्रथम ,दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमस एम्बिसन एकेडेमीकी अनुज्ञा नेपाल रिपुमर्दिनी सैनिक स्कुलकी पुष्पा गुरुङ युनाइटेड स्कुलकी निष्टा लम्साल र रिपुमर्दिनी सैनिक स्कुलकी रमा फुँयाल र केएमसी स्कुलकी आष्माले शर्माले जितेकी छिन ।

नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती भव्यताका साथ मनाउँने क्रमम आयोजित प्रस्तुत प्रतियोगिताका विजयी प्रतियोगिहरुलाइ पुरस्कार वितरण गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा पद्य विभाग प्रमुख अमर गिरीले साहित्यको विकास र स्रष्टाको सम्मानमा विद्यालय लागेकोमा आफू खुसी रहेको र अहिलेको परिप्रेक्षमा शैक्षिक पाठ्यक्रम परिमार्जन गर्दै समयसान्दर्भिक बनाउँदै लग्नुपर्नेमा जोढ दिनु भएको थियो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक भरतकुमार भट्टराई, साहित्यकार एवम् समालोचक जीवनाथ धमला, सिस्नुपानी नेपालका लक्ष्मण गान्नागे,छन्द कवि सुदेश सत्याल, कल्याण शर्मा र रोटरी क्लब डिल्लीबजारका सदस्य लगायत विभिन्न विद्यालयका शिक्षकशिक्षिकाहरू अभिभावकहरूको समेत उल्लेख्य सहभागिता रहेको विद्यालयका संस्थापक अध्यक्ष साथै प्रिन्सिपल लक्ष्यबहादुर केसीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।