काठमाडौं आषााढ २२, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय ताप्लेजुङका सवइन्जिनियर मनोजकुमार यादवविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा आज जारी विज्ञप्तिमा सवइन्जिनियर यादवले सिद्ध सरस्वती माध्यामिक विद्यालय माङजाबुङ पाँचथरको भवन निर्माणका लागि निकासा भएको रकममध्ये रोक्का रहेको रकम फुकुवा गर्ने तथा भवन निर्माण र मर्मत कार्य फरफारक गर्ने कार्यको अन्तिम प्रतिवेदन तयार पार्नका लागि सेवाग्राहीसँग रु एक लाख २५ हजार घुस मागेको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा आयोगको इटहरी कार्यालयको टोलीले सवइन्जिनियर यादवलाई केही दिन पहिले घुस लिँदालिँदै कार्यथलोमा नै पक्राउ गरेको जनाएको छ ।
एक लाख २५ हजार घुस माग्ने सवइन्जिनियर यादवविरुद्ध मुद्दा दायर
July 6, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np