शुक्रबार, बैशाख १४, २०८१

आइतवारबाट नारायणगढ मुग्लिन सडकखण्ड १० घन्टा बन्द हुँने

Captureकाठमाडौं आषाढ २२ .  नारायणगढ–मुग्लिन सडकखण्ड आगामी आइतवार देखि १० घण्टा बन्द गरिने भएको छ ।  उक्त सडकखण्ड विस्तारका लागि भिटटा काट्ने क्रममा खस्ने गरेको पहिरोका कारण बढ्दो असुरक्षा लाइ दृष्टिगत गर्दै जिल्ला प्रशासन कार्यालयले आज एक सर्वदलीय /सर्वपक्षीय बैठकको आयोजना गर्दै मुग्लिनतर्फबाट साँझ ७ बजे र नारायणगढतर्फबाट ६ बजेदेखि यातायात रोक्ने निर्णय गरेको  हो ।  त्यस्तै बैठकले मुग्लिनबाट बिहान५ बजे र नारायणगढतर्फबाट ४बजे यातायात खुला गरिने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।