बिहिबार, बैशाख २०, २०८१

मौन अवधिको समयमा प्रचारजन्य गतिविधि गरे उम्मेदवारी रद्द हुने

काठमाडौं आषाढ १२, १४ आषाढमा हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि आइतबार राति १२ बजेबाट सुरु भएसंगै निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरूसमेतलाई निर्वाचनका लागि प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज Captureगरिएको छ ।  दोस्रोे चरणअन्तर्गत आषाढ १४ गते अर्थात् बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ ।

प्रदेश १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा हुने यस निर्वाचनको मौन अवधिको समयमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न पाइदैन । यदि यस अवधिमा दलहरूले प्रचारप्रसार जन्य कुनै पनि गतिविधि गरे त्यो आचारसंहिताविपरीत हुने आयोगले जनाएको छ । त्यस्तै आयोगले जनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गरेका पाइएमा १ लाखसम्म जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्ने जनाएको छ ।

यस्तै, निर्वाचनको मौन अवधिभित्र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समेत कडा निगरानी हुने आयोगले जनाएको छ । सो समयमा मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि दल तथा दलका उम्मेदवारहरूको पक्षपोषण हुने खालका समाचार तथा विज्ञापनहरू प्रसारण तथा प्रकाशन गर्न पाइनेछैन भने सामाजिक सञ्जालहरूमा समेत उम्मेदवारहरूको पक्ष तथा विपक्षमा कुनै पनि किसिमका समाग्री राख्न तथा लाइक कमेन्ट गर्न नपाइने आयोगकोले जनाएको छ ।