शनिबार, बैशाख १५, २०८१

विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान: प्रम देउवा

काठमाडौं आषाढ १२, मुस्लिम धर्मावलम्बीको महान् पर्व इद ९इदुल–फित्र० को अवसरमा शुभकामना सन्देस जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेम र Captureसद्भाव आदानप्रदान गर्ने यस पर्वले आम मुस्लिम समुदायलाई स्वतन्त्रता र समृद्धिको मार्गमा अगाडि बढ्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो । विविधता हाम्रो आकर्षण र विविधताभित्रको एकता नै हाम्रो विशेष पहिचान भएको जिकिर गर्दै उहाँले संविधानको सफल कार्यान्वयनसहित राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुद बनाउन सबैलाई अभिप्रेरित बनाउन सकोस् भन्दै सबैमा इदको शुभकामना व्यक्त गर्नुभएको  जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सन्देशमा प्रधानमन्त्री देउवाले संविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसवीचमा प्राप्त उपलब्धिको जगमा अहिले देखिएका असन्तुष्टिको सम्बोधन गर्दै विकास र प्रगतिसहितको समुन्नत समाज निर्माण गर्न नेपालको मुस्लिम समुदायलगायत सबैको सकारात्मक भूमिकाको अपेक्षा गर्नुभएको छ ।

यसैवीच व्यवस्थापिका संसदका प्रमुख प्रतिपिक्षीदल नेकपा एमालेका अध्यक्ष केपी ओलीले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्वको इद उल फित्रको अवसरमा नेपाल र नेपाल बाहिर रहनुभएका सम्पूर्ण मुस्लिम समुदायका दिदीबहिनी दाजुभाइमा शुभकामना दिँदै सामाजिक सहिष्णुता, जिम्मेवारीबोध र राष्ट्रिय एकता आजको आवश्यकता भएकोमा जोड दिनुभएको छ ।  अध्यक्ष ओलीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा हाम्रो मुलुक विविध भाषा, संस्कृति, धर्म, समुदाय र भूगोल जस्ता कुराहरुले विश्वमै विशिष्ट अवस्थामा छ । सदिऔँदेखि यी विशेषतायुक्त जनताको एकतालाई खल्बल्याउन विभिन्न कोणबाट भइरहेका प्रयत्नप्रति हामी सबै विशेष संवेदनशील हुन आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तैगरि राष्ट्रिय मुस्लिम आयोगले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इद इदुल फित्रका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामाना व्यक्त गदै प्रस्तुत पर्वले समस्त नेपालीहरुमा धार्मिक एवम् सामाजिक सद्भाव स्थापित भई देशमा राष्ट्रिय एकता कायम हुने विश्वास लिएको आयोगद्दारा आज जारी गरिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।