शुक्रबार, बैशाख २१, २०८१

सर्वोच्चले भरतपुर १९ मा पुनः मतदान गराउने मुद्दामा आज सनवाइ गर्दै

काठमाडौ आषाढ ६ , सर्वोच्च अदालतले निर्वाचन आयोगको पुनः मतदान गराउने मुद्दाको निर्णय विरुद्ध भरतपुर १९ मा एमालेका तर्फबाट वडा सदस्यका Court_20150619042154उम्मेदवार रहेका गुञ्जमान बिक र अधिवक्ता तुलसीराम पाण्डेले सर्वोच्चमा दायर रिट उपर सुनुवाइ आज हुँने भएको छ ।

यसअघि स्थानीय तह निर्वाचनको मत गणना गर्दागर्दैको अवस्थामा मतपत्र च्यातिएको विषयले अवरुद्ध भएको भरतपुरको १९ को मत परिणामको सवालमा परेको मुद्धाको सुनवाइको लागि इजलास तोकेर पनि दुई पटक सुनुवाइ हुन सकेको थिएर । स्मरण रहोस कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा गत मंगलबार सो मुद्दाको सुनुवाइ राखिएको थियो तर हेर्न नभ्याइएकोले आज अर्थात आणाढ ६ गतेका लागि प्रस्तुत मुद्धामा सुनुवाइ गर्ने तय भएको सर्वोच्चले जनाएको थियो ।

त्यस्तै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले गत ज्येष्ठ २२ गते भरतपुर महानगरपालिका–१९ मा निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो ।