बिहिबार, बैशाख १३, २०८१

मेलम्ची दशैंमा पनि नआउने भो

काठमाडौ आषाढ ६ / रोशन कार्की
मेलम्चीको पानी सुन्दरीजल ल्याएर राजधानीमा पानी वितरण दशैंमा नै गर्ने भनिए पनि त्यो सम्भव छैन भन्ने प्रष्टोक्ति मेलम्ची खानेपानीका प्राविधिकहरु दिन थालेका 051243425-800x500छन् । कारण के हो ? यसबारेमा उनीहरुको भनाई छ– सिन्धुपाल्चोक हेलम्बुको अम्बाथानदेखि सुन्दरीजलसम्म २७.५ किलोमिटर सुरुङ खन्नुपर्छ ।  अम्बाथान देखि ग्याल्थुमसम्मको डेढ र ग्याल्थुमदेखि सिन्धुसम्मको डेढ गरी ३ किलोमिटर सुरुङ खन्न बाँकी छ । तै कमसल र कतै कडा चट्टान भेटिएकाले सुरुङ खन्न मुस्किल परेको हो र यही सुरुङ खन्ने कामका कारण आउँदो दशैंमा मेलम्चीको पानी राजधानी ल्याउन मुस्किल परेको हो ।

 दैनिक ३५ मिटर खनिएमात्र दशैंमा मेलम्ची सुन्दरीजल ल्याउन सकिन्छ । अहिले १५ देखि २३ मिटरमात्र खन्ने काम भइरहेको छ र यसमा पनि सुरुङ खन्ने उपकरणकहरु बिग्रिरहने भएकाले अझ सुस्तगतिमा काम भइरहेको छ । ठेकेदार कम्पनीले वैकल्पिक उपायका लागि भन्दै नयाँ प्रस्ताव पेश गरेको छ र त्यसमा मेलम्ची आयोजनाले कुनै निर्णय लिन सकिरहेको छैन । यथार्थमा त्यो वैकल्पिक योजना नभएर कामको भेरि फिकेशन भन्दै थप पैसा तान्ने प्रस्ताव हो, जसमा मेलम्ची आयोजनाका पदाधिकारीदेखि सरकारका प्रतिनिधिसम्मको मिलोमतो छ ।

मेलम्ची आयोजना सबैभन्दा भ्रष्टाचार बढी भएको आयोजना हो । २००७ मै बनिसक्नुपर्ने यो आयोजना तन्किदा तन्किदा सन २०१७ पुग्यो । अझै कामका भेरिफिकेशन भन्दै मूल्य बढाउने खेल चलिरहेको छ । यो आयोजनाका महगा महगा गाडी सबै प्रधानमन्त्री, मन्त्रीहरुले चढे । आफ्ना कार्यकर्ताहरुलाई जागीर दिने आयोजना पनि यही भयो । कमिशनको खेल सबैभन्दा बढी यही योजनामा भएको हो । अझैसम्म पनि यस आयोजनालाई महगो बनाउने र खल्ती भर्ने षडयन्त्र भइरहेकै छ । नेपालमा योजना कसरी निर्माण सुरु हुन्छन् र त्यसपछि योजनाको लागतमा दोब्बर तेब्बर रुपमा बढाइन्छ, यो योजनाको अध्ययन गर्ने हो भने प्रष्ट हुनेछ । नेपालमा भ्रष्टाचार कसरी हुन्छ भनेर सोध गराउने हो भने भ्रष्टाचार गर्ने, भ्रष्टाचारमा मुछिनेहरुको इतिबृतान्त मेलम्ची आयोजनाबाट प्रष्ट हुनेछ ।