शनिबार, बैशाख २२, २०८१

बाहुण्डाँगीमा आजबाट खुल्ला नकआउट क्रिकेट, उद्घाटन खेलमा आयोजक मेची ब्रदरहुड बिजयी

झापा बैशाख ४ , झापाको मेचीनगर ४ बाहुण्डाँगीमा सोमबारबाट खुल्ला नकआउट क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा धाइजन 17974663_1477582368953697_239198124_nक्रिकेट क्लवलाई २ विकेटले हराउदै आयोजक मेची ब्रदरहुड बिजयी भएको छ ।

टस जितेर पहिला व्याटिङ रोजेको धाइजनले १८. २ ओभरमा ७९ रन बनाएको थियो । ८० रनको लक्ष्य पछ्याएको आयोजक टिमले १७ विकेटमा आफ्नो ८ विकेट गुमाउदै लक्ष्य भट्टाएको हो ।  खेलको म्यान अफ दि म्याच आायेजक टिकका प्रनव शर्मा भए । उनले १७ बलमा २९ रन जोडेका थिए । मेची जन साधारण मावीको खेलमैदनमा सुरु प्रतियोगितामा भारतका २ सहित १६ वटा टिमको सहभागिता रहेको छ । भोलिको खेलमा सेन्ट्री क्लव सृजना चौक र फाइभ स्टार क्लव भृकुटी बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगिताको बिजेताले ५० हजार ट्रफी पाउने छ भने उपबिजेताले ३० हजार नगद सहति ट्रफी हात पार्ने आयोजकले समितिलाइ उदेत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।