मङ्लबार, बैशाख ११, २०८१

चैत्र १९बाट चौथौं वि.एम.के. खुल्ला वास्केटवल टुर्नामेन्ट हुने

काठमाडौ चैत्र १७, विशाल मिलन केन्द्रले गत वर्ष जस्तै यसपटक पनि चौथौं विएमके खुल्ला वास्केटवल टुर्नामेन्टको आयोजना गर्ने भएको छ । आगामी शनिवारबाट 17619388_10206455081574531_428375101_n 17619794_10206455081614532_1438470777_nसुभारम्भ हुने प्रस्तुत टुनामेन्टमा बङगलादेशको नेमी टिम सहित नेपाल आर्मी र आयोजक सस्था विशाल मिलन केन्द्रको टिम त्यस्तैगरि इनोभेटिभ बानेश्वर र साइडर्स टिमको सहभागिता रहने संस्थाद्दारा आज आयोजित पत्रकार सम्मेलमा दिईएको छ ।

डवल लिगको आधारमा खेलाइने  प्रतियोगिताका प्रथम, दोस्रो र वेष्ट प्लेएर समूहका विजेतालाइ क्रमस ३०, २० र १५ हजार पुरस्कार उपलब्ध गराइने र प्रतियोगिता चैत्र १९ गते समापन हुने कार्यक्रम संयोजक प्रनिशजंग शाहले दिनु भएको छ ।