मङ्लबार, जेष्ठ ८, २०८१

शाह हत्याकाण्डको विरोधमा जाजरकोट बन्द

अपराधिको पहिचान गरि कडा भन्दा कडा कार्वाही गर्न कांग्रेसको सरकारसँग माग

जाजरकोट चैत १६,  नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाहको हत्याको विरोधमा बुधबार जाजरकोटको बजार बन्द गरिएको छ । चैत्र १५ गते बेलुका करीब ६ बजे अज्ञात समूहले जिल्ला अस्पताल भन्दा २०० मिटर टाढा सातठुला भन्ने स्थानमा आक्रमण गरी हत्या गरिएको् हो । यसैक्रममा शाहको हत्यारा jajarkot_districtपत्ता लगाइ कारबाही गर्न माग गर्दै सदरमुकाम बजार बन्द गर्नुको अलावा २४ घन्टाभित्र प्रशासनले कुनै कदम नचाले थप आन्दोलनमा उत्रने चेतावनी सहित जाजरकोट कांग्रेसले हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पनि बुझाएको छ ।

यसैवीच ने��ाली कांग्रेस मुख्यालयले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा उहाँको हत्या हुनु सुनियोजित रुपमा जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं। ३ निवासी नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रविन्द्र शाहलाई चैत्र १५ गते मंगलवार बेलुका करीब ६ बजे अज्ञात समूहले जिल्ला अस्पताल भन्दा २०० मिटर टाढा सातठुला भन्ने स्थानमा आक्रमण गरी हत्या गरेको भन्दै कायरतापूर्ण हत्याको हत्याकाण्डको घोर निन्दा र भत्र्सना गरेको छ ।

काँग्रेस मुख्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा घटनाको यथार्थ छानविन गर्न र रविन्द्र शाहको हत्यामा संलग्न आपराधिक व्यक्तिहरुको तत्काल खोजी गरी कडा भन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गरेको छ । साथै विज्ञप्तिमा कांग्रेसले आफ्नो भ्रातृ संस्थाका एक होनाहार विद्यार्थी नेता गुमाउनु परेकोमा गहिरो दुःख व्यक्त गर्दछ । स्वर्गीय शाहप्रति नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस हार्दिक समवेदना प्रकट गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728