मङ्लबार, बैशाख २५, २०८१

स्ववियु निर्वाचनको क्रममा पेट्रोल बम प्रहार

बम प्रहार गर्नेलाई कारबाही माग

काठमाडौ चैत्र १५, राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको क्रमम निर्वाचनलाई अवरोध पु-याउने उद्देश्यले पेट्रोल बम प्रहार भएको छ । विद्यार्थी सङ्गठनबीच विवाद हुँदा स्थगन भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत्र २ गते सर्वोच्च अदालतको press Release Chaitra 15अन्तरिम आदेश पछि आज निर्वाचन गराईएको थियो ।

प्रहरीका अनुसार निर्वाचनबाट असन्तुष्ट रहेका विद्यार्थीको समूहले दुईवटा सिसीमा पेट्रोल राखेर पड्काएका हुन् । सो आक्रमण कसले गरेको भन्नेबारेमा अनुसन्धान भइरहेको जानकारी दिएको दिदै आक्रमणबाट कसैलाई पनि केही क्षति नभएको जानकारी दिएको छ ।

यसैवीच नेपाल पत्रकार महासंघले आरआर क्याम्पसमा आज भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको अन्र्तगत निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी संगठन र प्रहरीबीच भएको झडपको फोटो खिचिरहेको अवस्थामा पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  महासंघद्दारा आज जारी विज्ञप्तिमा पेट्रोल बम अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र दी काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी गरिएको उल्लेख गर्दै स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको यो आक्रमणको महासंघ निन्दा गर्दै घटनाको छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न सम्बन्धित पक्षसंग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728