मङ्लबार, बैशाख १८, २०८१

सञ्चार सम्वद्ध सङ्घसंस्थाद्दारा अनलाइन निर्देशिकाप्रति विमति प्रकट, निर्देशिका खारेजको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौ चैत्र १३, सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति सञ्चारकर्मी तथा सम्वद्ध सङ्घसंस्थाले तिव्र विमति जनाएका छन । सरकारले गत चैत ७ गते जारी गरेको निर्देशिका नेपाल राजपत्रमा प्रकाशित गरेको थियो । यसअघि नेपाल प्रेस यसनियन नेपाल पत्रकार महासङ्घलगायतका सङ्घसंस्थाले निर्देशिकामाथि पटकपटक सुझाव दिँदा पनि त्यसलाई बेवास्ता गर्दै सरकारले निर्देशिका जारी गरेको भन्दै विरोध जनाईएको छ ।

Captureयसैवीच आज राजधानीमा आयोजित एक अन्र्तक्रियामा सम्वद्ध सङ्घसंस्थाका प्रतिनिधीहरुले अनलाइनसम्बन्धी कुनै कानुनी प्रबन्ध गर्नुपर्दा प्रेससम्बन्धी विद्यमान संवैधानिक तथा कानुनी व्यवस्था र अनलाइनमाध्यमको प्राविधिक पक्षलाई मनन गर्न एवम् जनताको सार्वभौम थलो संसद मार्फत नयाँ कानुन निर्माणको प्रक्रिया अवलम्बन गर्न आग्रह गरेपनि सरकारले कुनै सम्बोधन नगरेकोमा विमति प्रकट गरिएको छ । त्यस्तै कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र पत्रकार महासङ्घका पूर्वअध्यक्ष विष्णु निष्ठरीलगायतले अहिले जारी गरिएको निर्देशिका खारेज गरी सबैको सुझावका आधारमा नयाँ निर्देशिका ल्याउनुपर्ने माग गरेका छन् ।

यसैवीच अनलाइन निर्देशिका खारेजको माग गर्दै अधिवक्ताद्वय बाबुराम अर्याल र सन्तोषबाबु सिग्देलले आजै सर्वोच्च अदालतमा रिट दायर भएको छ । दायर रिटमा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र संविधानको प्रावधान विपरीत निर्देशिका आएकाले बदर गर्न माग गरिएको छ ।