बिहिबार, बैशाख २०, २०८१

पत्रकार श्रेष्ठको उपचारका लागि महासंघको सहयोग

  amritबिर्तामोड चैत्र १६, अग्रज पत्रकार अमृतलाल श्रेष्ठको उपचारका लागि नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा ५१ हजार ९ सय ५० रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

महासंघको ६२औं स्थापना दिवसको अवसरमा बुधबार बिर्तामोडमा महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, महासंघका उपाध्यक्ष तथा पत्रकार–सहारा उपचार कोषका संयोजक एकराज गिरीले उक्त रकम श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । महासंघका उपाध्यक्ष तथा कोषका संयोजक गिरीका अनुसार झापाका सञ्चारकर्मी, विभिन्न सामाजिक संघ–संस्था तथा व्यक्तिले श्रेष्ठको उपचारका लागि स्वस्फूर्त रुपमा सहयोग प्रदान गरेका थिए । सहयोग जुट्नेक्रम जारी रहेको छ ।

मेचीनगर घर भएका पत्रकार श्रेष्ठ केही समयअघि मात्र राष्ट्रिय समाचार समितिबाट अवकास भएका हुन् । दुबै मृगौला खराब भएका कारण सातामा दुईपटकसम्म डाइलोसिस गराउनुपर्ने र उपचारमा ठूलो आर्थिक भार परिरहेको श्रेष्ठले परिवारले बताएको छ ।