शुक्रबार, जेष्ठ ४, २०८१

पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ ६२औँ वर्षमा प्रवेश

काठमाडौं चैत्र १६, नेपाली पत्रकारको साझा संस्था नेपाल पत्रकार महासङ्घ आज ६२औँ वर्षमा प्रवेश गरेको छ । यसैक्रममा photo_2[1]  महासंघले आफ्नो ६२ औं photo_3[1]photo_1[1]स्थापना दिवस आज विशेष कार्यक्रम सहित मनाएको छ । सञ्चारग्राम स्थित महासंघ केन्द्रीयकार्यालयमा महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट,महासंघका पूर्वअध्यक्षहरू सहितले केक काटेर स्थापनादिवस भव्यरूपमा मनाइएको हो ।

स्थापना दिवसको अवसरमा महासंघका अध्यक्ष डा.विष्टले सम्पूर्ण पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता सम्वद्ध संघसंस्था र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा क्रियाशीलप्रति शुभकामना दिँदै अनेक आरोह अवरोह झेल्दै महासंघ आजको अवस्थामा आइपुगेको र भावी दिनमा पेसागत मुद्दामा केन्द्रित भई अझ सशक्त ढंगले अगाडि बढ्ने बताउनु भयो । साथै उहाँले लोकतन्त्र स्थापना भैसकेको समयमा समेत नेपाली प्��ेसले विभिन्न समस्या झेल्नु परेको बताउँदै सरकारले सुशासन ऐन अन्तर्गत अनलाइन निर्देशिका जारी गरेर प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेकोमा तिव्र आक्रोस समेत व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्ष होमनाथ दाहाल पूर्वमहासचिव रघु पन्त कानुनविद काशिराज दाहाल, बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीलगायतले महासंघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा पूर्व अध्यक्षहरु हरिहर विरही, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठुरी, धर्मेन्द्र झाका साथै पूर्व महासचिव तथा सल्लाहकार पोषण केसी तथा महासंघका पदाधिकारी पत्रकारहरु विभिन्न संघसंगठनका प्रतिनिधि, सम्पादक मिडिया सञ्चालक सरकारी अधिकारीका साथै ठुलो संख्यामा पत्रकारहरुको सहभागिता थियो । महासंघले देशभर र विदेशमा रहेका शाखामा पनि आज विविध कार्यक्रम गरी स्थापना दिवस मनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728