शनिबार, बैशाख ८, २०८१

राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई मानार्थ महारथीको दज्र्यानी प्रदान

काठमाडौ चैत १६, राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष कार्यक्रमकावीच भारतका स्थल सेनाध्यक्ष विपिन IMG_1407-Copyरावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

नेपाल र भारतबीच एकअर्को मुलुकका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा अनुरुप नेपाली सेनाको परमाधिपतिको हैसियतमा राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।

उक्त समारोहमा रक्षा मन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति, नेपालका लागि भारतका राजदूत, भूतपूर्व प्रधानसेनापतिहरु, नेपाली सेनाका रथीहरु, उपरथीहरु, भारतीय सेनाका पदाधिकारीहरु लगायत नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका मोहनप्रसाद वाग्लेद्दारा जारी वित्रप्तिमा उल्लेख गरिएको छ ।  फोटो : राष्ट्रपति कार्यालयको वेवपेज