आइतवार, बैशाख २३, २०८१

विदेशी मुद्रासहित विमानस्थलबाट लामा पक्राउ

काठमाडौ चैत ५,  नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिलालाई पक्राउ गरेको छ । नेपाल एयरलाइन्सको उडानबाट काठमाडौँबाट हङ्कङ images-34जान लागेकी पेमला लामा नामकी ति महिलालाई अमेरिकी डलर ३८ हजार ९५० र हङ्कङ डलर ६ सय सहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार लामाले सुटकेशमा अवैधरुपमा लुकाइछिपाई सो रकम लैजान लागेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।