बिहिबार, बैशाख ६, २०८१

डा. बुढामगरको नाममा हुलाक टिकट प्रकाशनका लागि सहयोग गर्ने उपराष्ट्रपति पुनको प्रतिबद्धता

काठमाडौं चैत्र ५, डा, हर्षबहादुर बुढामगर स्मृति प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित ‘पहिलो लाहुरे विद्यावारिधि डा. हर्षबहादुर बुढामगर’ स्मृतिग्रन्थको 17354767_1369811876375283_869480433_n (1) 17360857_1369752983047839_1420929583_n (1) 17360961_1369812023041935_763091368_n 17361419_1369811266375344_108350042_n (1)17328170_1369811949708609_1174006116_n 17361484_1369810096375461_461853705_n (1)लोकापर्ण कार्यक्रमलाइ सम्बोधन गर्दै उपराष्ट्रपति नन्दवहादुर पुनले हर्षबहादुर बुढामगरको नाममा हुलाक टिकट प्रकाशनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँनु भएको छ ।

त्यस्तै कार्यक्रमका अर्का विशिष्ट पाहुँना सभामुख ओनसरी घर्तीमगरले डा.बुढामगरको प्रेरणादायक जीवनको थोरै भए पनि अनुकरण गरे जीवनमा जोकोहीले पनि सफलता हासिल गर्न सक्ने जनाउ दिनु भएको थियो ।  स्मृतिग्रन्थमा कृति, शिक्षा सेवा, संघर्षलगायतका विषयमा डा. हर्षबहादुरलाई नजिकबाट चिन्ने व्यक्तिले लेखेका लेख सहित विमल भौकाजी र लक्ष्मी उप्रेतीको सम्पादनमा प्रस्तुत स्मृतिग्रन्थ तयार गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ, गीतकार उन्नति बोहरा ‘शिला’ले आफ्ना बाबुको अन्तिम इच्छाअनुसार उनको स्मृतिग्रन्थ प्रकाशन गर्न सकेकोमा खुसी व्यक्त गरिन् । आफ्ना बाबुले सैनिक जीवनबाट अवकाशपछिको समय सदुपयोग गर्दै विद्यावारिधि हासिल गरेको र उनै विद्यावारिधि हासिल गर्ने पहिलो लाहुरे भएको अध्यक्ष बोहराले जानकारी दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा साहित्य, शिक्षा, समाजसेवामा अनवरत योगदान गर्दै आउँनु भएका विभिन्न व्यक्तित्व क्रमस राष्ट्रकवि माधवप्रसाद घिमिरे, शताब्दीपुरुष सत्यमोहन जोशी, पूर्वमन्त्री तथा साहित्यकार भद्रकुमारी घले, समाजसेवी बमकुमारी बुढामगरलाई अभिनन्दन र प्राडा वासुदेव त्रिपाठी, प्राडा गार्गी शर्मा, प्राध्यापक रमा शर्मा, प्राध्यापक बालकृष्ण भट्टराई, प्रधानाध्यापक लेखा थापा, इन्दिरा रानामगर, नवीन रोक्का मगर, दिलीप थापा, उषा ठाकुर, तारा थापालगायतलाइ पुरस्कृत गरिएको उक्त कार्यक्रमलाइ वरिष्ठ सञ्चारकर्मी अस्मिता भण्डारीले थप आयाम दिदै सञ्चान गर्नु भएको थियो ।

17352892_1369811633041974_1182124500_n (1)

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728