आइतवार, बैशाख २३, २०८१

एउटा किन्दा अर्को सितैमा

काठमाडौ फागुन ४,  नेपाल टेलिकमले भ्यालेनटाईन डेको अवसर पारेर नयाँ अफर सार्बजनिक गरेको छ । अफर अनुसार कम्पनीले जीएसएम सेवाका Nepal-Telecom-NTCग्राहकहरुलाई २५ रुपियाँमा २ सय ५० मिनेटको टक टाइम उपलब्ध गराउने छ । यो अफर फोन ३ गते देखि फागुन १७ गतेसम्म   वाहाल रहने कम्पनीले जनाएको छ । उक्त टक टाइम अफर लिएको ७ दिनसम्म बेलुका १० देखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने छ ।

प्याकेज लिनको लागि VDAY टाइप गरि १४१५ मा एसएमएस गर्नु पर्ने कम्पनीले जनाएको छ । त्यस्तै कम्पनीले हरेक जीएसएम तथा सिडीएमए सिम तथा रिमको खरिदमा अर्को सिम तथा रिम निशुल्क उपलब्ध गराउने भएको छ । दुवै सिम वा रिममा ५० मिनेट टक टाइम रहने र यो अफर फागुन ३ देखि ५ सम्म रहने कम्पनीले जनाएको छ ।