बिहिबार, बैशाख २०, २०८१

मन्त्रिपरिषद्को आकस्मिक बैठक: डा पोखरेललाइ निमित्त प्रहरी महानिरीक्षको जिमेवारी

महानिरीक्षक अर्यालसहित १५ जना  सेवानिवृत्त

काठमाडौ फागुन २,  प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेललाई आज निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरे लगत्तै अधिवक्ता कपिलदेव ढकालले सरकार प्रस्तुत निर्णय विरुद्ध शुक्रवार दायर गरेको रीट निवेदनको pm-office-11012017102857-600x0सनवाइ गर्दै सर्वोच्च अदालतले आएतवार जयबहादुर चन्दलाई नेपाल प्रहरीको प्रमुख बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चका प्र. न्या. सुशीला कार्कीको एकल इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेपछि सिर्जना भएको अन्यौलतको लागि अर्थात नेपाल प्रहरीमा प्रमुख विहिनताको अवस्था सिर्जना हुन नदिन प्रहरी नियमावाली २०७१ को नियम ४६ लाई संशोधन गर्दै  डा पोखरेललाई निमित्त प्रहरी महानिरीक्षकको जिममेवारी दिएको हो । डा पोखरेल नेपाल प्रहरीको प्राविधिकतर्फका प्रमुख हुनुहुन्छ ।

यसैवीच नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित नेपाल प्रहरीको  १५ जना वरिष्ठ अधिकारीहरु आज एकै पटक सेवानिवृत्त भएको छ । सेवानिवृत्त हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ, रमेशशेखर वज्राचार्य, केदार साउद, यादव अधिकारी, परशुराम खत्री, विश्वराजसिंह शाही र सुशीलवरसिंह थापा हुनुहुन्छ । त्यस्तै प्रहरी नायब महानिरीक्षक श्यामबहादुर खड्का, रामकुमार खनाल र मनोहरप्रसाद रिमाल पनि आजैदेखि सेवानिवृत्त हुनुभएको छ ।