शुक्रबार, चैत्र १६, २०८०

संविधानले निर्दिष्ट गरेको समयसीमाभित्र सबै तहका निर्वाचन सम्पन्न राष्ट्रपतिको आग्रह

काठमाडौ फागुन २,  मुलुकमा यो वा त्यो बहानामा जारी राजनीतिक गतिरोध अन्त्य का लागि आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस, नेकपा MG_6770-Copyएमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका १० दलका शीर्ष नेताहरुसंग विशेष छलफल गर्नु भएको छ । छलफलको क्रममा दलका नेताहरुसंग राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयन र निर्वाचनको मिति घोषणालगायतका प्रक्रिया तत्काल सुरु गर्न प्रमुख राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको छ ।

साथै उहाँले त्यसक्रममा संविधान कार्यान्वयनमा विशेष ध्यान दिदै मुलुकमा अन्दोलनको वलमा प्राप्त परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने सबैको दायित्व हुन बताउँदै यसको रक्षाका लागि पनि प्रमुख दलबीच एकता र सहकार्य जरुरी रहेकामा जोड दिनुभएको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  त्यस्तै विज्ञप्तिमा आगामी २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको स्मरण गराउँदै राष्ट्रपतिले निर्वाचन प्रक्रिया पूरा गर्ने दायित्व आकस्मिक आइलागेको विषय नभई संविधान जारी हुँदाकै बखत विस्तृत छलफलपछि तय भएको संवैधानिक प्रावधान रहेको स्पष्ट पार्नुभयो । निर्वाचनले मुलुकलाई अगाडि बढाउने भएकाले यसको कुनै विकल्प यस्तो छ छलफलको क्रममा राष्ट्रपति भण्डारीले गर्नु भएको आव्हानको पूर्णपाठ M-1 यस्तो छ छलफलको क्रममा राष्ट्रपति भण्डारीले गर्नु भएको आव्हानको पूर्णपाठ M-2नरहेकामा जोड दिँदै राष्ट्रपतिले संविधानको सम्मान र संरक्षण गर्दै संवैधानिक विकासमा थप योगदान पु-याउनु लोकतान्त्रिक राजनीतिक दलको सर्वोपरि दायित्व हुने बताउनुभएको छ । त्यस्तैगरि विज्ञप्तिमा न्याय, समानता र लोककल्याणको मर्मलाई आत्मसात् गरी समाजवादउन्मुख अर्थतन्त्र विकास तथा निर्माण गर्ने लक्ष्य लिएको वर्तमान मार्गदर्शनलाई सही अनुसरण गरिएमा आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्पूर्ण क्षेत्रमा राज्यलाई परिचालन गराउन र बढ्दो जनआकाङ्क्षाअनुरुप मुलुकमा आर्थिक समृद्धिमार्फत सुखी, शान्त र समृद्ध नेपालको हाम्रो सपनाले मूर्तरुप लिने भएकाले संविधानले निर्दिष्ट गरेको समयसीमाभित्र सबै तहका निर्वाचन सम्पन्न गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ समृद्ध र सुदृढ पार्ने नेपाली जनताको आकाङ्क्षालाई साकार पार्न सबै राजनीतिक दल अग्रसर हुनुपर्नेमा राष्ट्रपतिको जोड दिनुभएको उल्लेख गरिएको छ ।

छलफलमा प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता रहेको थियो ।