मङ्लबार, बैशाख २५, २०८१

नेता तिवारीको निधन प्रति काँग्रेसद्दारा दु :ख व्यक्त

काठमाडौ माघ २०, नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा उहाँको निधन भएको हो । काठमाडौँ क्षेत्र नं ४ का महासमिति सदस्य रहनुभएका तिवारी नेपाल 16388411_10211140574208318_3429693995515452426_nविद्यार्थी सङ्घको संस्थापक सदस्य समेत हुनुहुन्थ्यो ।

यसैवीच काँग्रेस सभापति शेरबहादुर देउवाले नेता तिवारीको निधन प्रति शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्नु भएको छ । काँग्रेस मसख्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा नेता तिवारीले पार्टीको संगठन र नेपालको आर्थिक क्षेत्रमा पुर्याउँनु भएको योगदान प्रति काँग्रेसले सम्मान प्रकट गरेको उल्लेख गरिएको छ ।  स्व तिवारीको आजै राति पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने बताइएको छ । तिवारीका एक श्रीमती दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031