शुक्रबार, बैशाख ७, २०८१

प्रचण्ड नेतृत्वको सरकारले चुनाव गराउँन नसके कुर्सीमा बसिरहनुको औचित्य समाप्त हुन्छ : महामन्त्री कोइराला

स्थानीय तह थाँती राखेर स्थानीय निकायकै निर्वाचन गर्नुपर्ने काँग्रेसको निष्कर्ष

काठमाडौं माघ २०,  नेपाली कांग्रेसले मुलुकमा एक पछि हर्को गर्दै जेलिदै गएको समस्याको एकमात्र समाधान भनेको स्थानिय निकायको निर्वाचननै भएको निष्कर्ष पहिल्लाएको छ । Tयस्तै राज्यपुर्संरचनाका विषयमा विवाद भएका बेला कांग्रेसले त्यसको समाधानका लागि मधेसी मोर्चालाई पनि मान्नेगरि चुनाव गर्नुपर्ने निष्कर्षमा पुगेको काँग्रेसका महामन्त्री शसांक कोइरालाले    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा ऋषि धमलासँग कुराकानी गर्दै   वैशाखको मसान्तमा जसरी Sashanka-Koiralaभएपनि चुनाव गर्नुको विकल्प नभएको जनाउ दिनु भएको छ ।

कुराकानीको क्रममा महामन्त्री कोइरालाले भने  स्थानिय निकायको निर्वाचन सम्पन्न गर्दै त्यसपछि बन्ने कांग्रेस नेतृत्वको नयाँ सरकारले प्रदेश र केन्द्रको निर्वाचन गराउँने बताउँनु भएको छ ।  यदी प्रचण्ड नेतृत्वको सरकारले चुनाव गराउँन नसके कुर्सीमा बसिरहनुको औचित्य नभएको जिकिर गर्नु भएको छ ।

यसैवीच बुधवार काँग्रेस संसदीय दलको कार्यालयमा बसेको काँग्रेसको पदाधिकारीको बैठकले अब स्थानीय तहको भन्दापनि पहिले स्थानीय निकायको निर्वाचन गर्ने आन्तरिक निर्णय गरेको छ। बैठकमा सहभागी एक नेताका अनुसार स्थानीय तह पूर्नसंरचना आयोगको प्रतिवेदनलाई लिएर चौतर्फी विवाद उत्पन्न भएपछि अहिले स्थानीय तह थाँती राखेर स्थानीय निकायकै निर्वाचन गर्नुपर्ने  निष्कर्षमा काँग्रेस पुगेको जनाउ दिएका छन ।  त्यस्तै बैशाखभित्रै स्थानीय निकायको निर्वाचन गर्दा मधेसी मोर्चापनि सकारात्मक बन्ने र निर्वाचनमा सहभागी हुने वातावरण क्रमस बन्दै जाने अवस्था भएको ठहर सहित काँग्रेसले यस्तो निर्णय गरेको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031