मङ्लबार, बैशाख २५, २०८१

नेपाली सेनाद्वारा काउन्सिलटोलीको भब्य स्वागत

काठमाडौं माघ १ , विश्व प्रेस काउन्सिलका पदाधिकारी तथा बंगलादेश, भारत र साईप्रसबाट आएको भ्रमणदलको शुक्रवार चितवनमा स्वागत गरिएको छ । chitwan (2)भ्रमणदलमा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्की, विश्व प्रेस काउन्सिलका कोषाध्यक्ष अली हन्सरली, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष ममताजुद्धिन अहमद, भारतीय प्रेस काउन्सिलका अध्यक्ष सिकेप्रसाद कुमार लगायतका प्रेस काउन्सिल नेपालका सदस्यहरु 2सहभागी हुनुहुन्छ । सार्कस्तरीय प्रेस काउन्सिल गठनको सिलसिलामा ११ जनवरीमा सो टोली नेपाल आएको हो ।

नेपाली सेनाको हेलिकप्टरबाट चितवन पुगेको टोलीलाई श्रीजंग गणका प्रमुख सेनानी माधव थापाले राष्ट्रिय निकुञ्जको संरक्षणमा नेपाली सेनाले योगदानबारे र विपद् व्यवस्थापनका सम्वन्धमा रुद्र गुरुङ्ले प्रस्तुति गरेका थिए । चितवनको कसरामा आयोजित उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रममा संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बन्यजन्तुको संरक्षणमा सेनाको भूमिकावारे धारणा राख्नुभएको थियो । पाहुनाहरुलाई कार्यक्रम लगत्तै जंगल यात्रा गराएको थियो ।  हिजो नै पोखरा प्रस्थान गरेको भ्रमणटोलीलाई पोखराका पत्रकार तथा होटेल अर्गनाईजेशन नेपालले एक स्वागत समारोह आयोजना गरी स्वागत गरेका थिए ।

-महेन्द्रराज सिंह

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2016
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031