शुक्रबार, चैत्र १६, २०८०

आज १९ औं भूकम्प सुरक्षा दिवस मनाईंदै, सरकारको उदासिनताका कारण बैशाख १२ को भूकम्पको पिडा अझै आलो,

IMG_3756sjh_eventPHotograpHY_second-earthquake_swoyambhu_2072
(महाभूकम्पका कारण क्षतिग्रस्त स्वयम्भूनाथ क्षेत्र)

काठमाडौं माघ २, आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नेपालमा प्रत्येक वर्षको माघ २ गते यो दिवस मनाउने गरिन्छ । यसवर्ष भूकम्पीय सुरक्षाको बलियो आधार, भैंचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने सन्देशका साथ आज १९ औं भूकम्प सुरक्षा दिवस मनाईंदैछ । विसं १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

यद्यपि, यसबीचमा अर्थात २०७२ साल बैशाख १२ को भूकम्पपछिको पुननिर्माणले अझै गति लिन सकेको छैन । भूकम्पमा परि हजारौं नागरिकको मृत्यु, हजारौंहजार अंगभंग र घाइते तथा लाखौंलाख नागरिक एकसाथ घरवारविहीन हुनुको अलावा भूकम्प गएको दुई वर्ष हुन लाग्दा पनि प्रभावितलाई दिइने भनिएको अनुदान रकमको पहिलो किस्तानै सबैमा पुगेको छैन ।
काठमाडौंको साँखुमा यससम्बन्धि मूख्य कार्यक्रम गरिने भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले जनाएको छ । समितका अनुसार साँखुमा ५ दिनसम्म भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी गर्नुका साथै सडक नाटक र जनचेतनामूलक अभियान सञ्चालन गरिने जनाइएको छ । ।