काठमाडौ मार्ग २८ , लामो समयको अन्तराल पछि नक्षत्र ७३ ब्याण्ड आफ्नो नयाँ प्रस्तुति लिएर श्रोता तथा दर्शक माझ आउने भएको छ । ब्याण्डका भोकलिष्ट गोविन्द राईद्धारा लिखित मेरो माया बोलको गीतको म्युजिक भिडियो अहिले पोष्ट प्रडक्सनको क्रममा छ । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आउन लागेको हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् । रोहन नेपालीद्धारा निर्देशित भिडियोमा कलाकार सन्तोष तामाङ र मोडल मल्लिका चौलागाँई देखा पर्नेछन् । मिलन शंकरको छायाङ्कन रहेको भिडियो नयाँ वर्षमा रिलिज गर्ने तयारीमा रहेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
नक्षत्र ७३ फेरि दर्शक माझ
December 13, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
- गण्डकी प्रदेश सरकार विश्वासको मत प्रकरण : सभामुखको घोषणाविरुद्ध सर्वोच्चमा रिट दायर
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np