मङ्लबार, बैशाख १८, २०८१

आज हिमानी कोषको सहयोगमा नमुना उच्च माविको शिलान्यास हुँदै

काठमाडौँ मार्ग २४,  गत वर्ष बैशाख १२ गते गएको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त गोर्खा पालुङटारस्थित नमुना उच्च माविको anup_20160822_5आज शिलान्यास गरिने भएको छ । पूर्व युवराज्ञी हिमानी शाह अध्यक्ष रहको हिमानीकोषको सहयोगमा उक्त विद्यालयको आज एक विशेष कार्यक्रमकावीच पूर्व युवराज्ञी शाहबाट शिलान्यास हुँदै गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

  सम्वद्ध स्रोतका अनुसार  कोषको करिब रु ३ करोडको लगानीमा   निर्माण हुन   लागेको   उक्त विद्यालयको  निर्माणको लागि   जापानी बुद्धिस्ट एसोसिएसनको समेत  सहकार्य रहने  बताईएको  छ ।

यसअघि पनि हिमानीकोषको सहयोगमा सिन्धुपाल्चोक स्थित गणेशमान स्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई २५ बण्डल जस्तापाता वितरण गर्नुको अलावा गत आश्विनमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा करिब रु १५ लाख बराबरको लत्ताकपडाल गायतका सामग्री धादिङको भद्रकाली ज्येष्ठ नागरिक आश्रमलाई वितरण गर्दै   कोषकी अध्यक्ष हिमानी शाहले रु एक करोड ६० लाखको लागतमा नवनिर्मित ज्येष्ठ नागरिक आश्रमको उद्घाटन गर्नु भएको थियो ।