शुक्रबार, बैशाख १४, २०८१

आजको बैठक पनि अवरुद्ध

काठमाडौ मार्ग २२,  प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले सरकारले व्यवस्थापिका संसदको आजको बैठकपनि अवरुद्ध भएको छ । संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रतिपक्षी एमाले लगायतका दलका सासंदहरु बैठक सुरु हुँने वित्तिकै आ–आफ्नो स्थानबाट उठेर संशोधन प्रस्तावको विरोध गर्दै ले बैठक अवरुद्ध img_9157_sjh_samsad_073गरेको हो । यसअघि सभामुखले जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई बोेल्नका लागि समय दिदै गर्दा अध्यक्ष केसीले राष्ट्रिय, राष्ट्रियता र अखण्डतालाई अप्ठ्यारो पार्ने मनसायले ल्याइएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म सदन चल्न नसक्ने बताउँनु भएको थियो ।

तरपनि सभामुख घर्तीले विपक्षीले उठाएका विषयवस्तुका सम्बन्धमा आफू र सदनलाई ध्यानाकर्षण भएको जनाउ दिदै बैठक सञ्चालनमा सहयोग गर्न पटकपटक आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसद विरोधमा उत्रिएपछि उहाँले हाजको बैठक स्थगित भएको घोषणा गर्नुभएको थियो । आजको बैठकमा छलफलको लागि महाभियोग र मन्त्रिपरिषद् विस्तारसम्बन्धी कार्यत्रसूची तय गरिएको थियो । ससदको अर्को बैठक यही मङिसर २४ गते अपराह्न ३ बजे बस्नेछ ।