आइतवार, जेष्ठ ६, २०८१

सत्तारुढदलवीचको बैठक: संशोधनका सवालमा पुन छलफल चलाउँने निर्णय

काठमाडौ मार्ग १०,  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीचको बैठकले संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने निर्णय गरेको छ ।
a369b3प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनको औचित्य माग गर्दै संशोधनको सवालमा असहमति अभिव्यक्त गरिसकेको अवस्थामा पनि सत्तारुढ दलले पुन संशोधनको लमगि सवै दलको सहमति कायम गर्ने प्रयास स्वरुप यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, काँग्रेस सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुको उपस्थिती रहेको उक्त र्बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले पनि एकपटक अनौपचारिक रूपमा मधेसवादी दलसँग छलफल गर्ने र त्यस आधारमा शनिबार थप परामर्श गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्नु हितकर हुँने विचार राख्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।