आइतवार, जेष्ठ ६, २०८१

आज व्यवस्थापिका ससदमा संशोधन प्रस्ताव दर्ता गरिने

संशोधन प्रस्ताव पारित हुनुको अलावा एमाले अध्यक्ष ओली पनि सकारात्मक रहेको काँग्रेस सभापति देउवाको दावी, असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधनको विषयमा अगाडि बढे  कडा प्रतिवाद गर्ने एमाले स्थायी समितिको  निर्णय 

काठमाडौं मार्ग १२ , सरकारले आज १ बजे बस्ने मन्त्रिमण्डलको वैठक पछि नितिगत निर्णय गर्दै व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ ।  तर संविधान संशोधन प्रस्तावको सवालमा विमति जनाउँदै आएको प्रतिपक्षी दल एमालेले प्रस्ताव विरुद्ध संसद र  सडकबाट विरोध गर्ने यसअघिनै बताइसकेको छ ।   त्यस्तै  प्रस्तुत संविधान संशोधनको प्रस्तावले  राजनीतिक दलबीच  विभाजन ल्याउनुको अलावा   समाजमा गम्भीर द्वन्द्व निम्त्याउने सरकारको  यो कदम विरुद्ध  जन चाहनालाई ध्यानमा राखेर त्यस्ता दिशामा नबढ्न पार्टीले सरकारलाई गम्भीर ध्यानाकर्षण समेत गराएको छ ।    साथै   एमालेको शनिवार बसेको एमाले स्थायी समितिको बैठकले   असहमतिका बाबजुद जबर्जस्ती संविधान संशोधनको विषयमा अगाडि बढे  कडा प्रतिवाद गर्ने   निर्णय गरेको  हो ।   यसरी  एक हिसावबाट हेर्ने हो भने आजबाट संदनमा सत्तापक्ष र विपक्ष दुबैतिर संविधानको संशोधन पारित गर्ने र पारित हुनै नदिने परिपञचमा जुटेको सहजै अनुमान गर्न सकिन्छ  ।

nepal_consitisuion_476584254यद्यपी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भने मधेसी जनताको इच्छा, भावना र माग बमोजिम सरकारले व्यवस्थापिका संसदमा आज दर्ता गर्ने संविधान संशोधन प्रस्ताव काँग्रेसको पहलमा हुन लागेको प्रस्ताव पारित गर्न सबै दलको सहयोग रहनेमा विश्वास व्यक्त गर्नु भएको छ ।  पर्सा काँग्रेसले वीरगन्जमा शनिवार आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले मधेसी जनताको भावना अनुरुप जायज मागलाई सम्बोधन गर्न काँग्रेसले संविधान संशोधन प्रस्तावमा पहलकदमी लिएको भन्दै उहाँले यस्तो आग्रह गर्नु भएको हो ।

त्यस्तै सभापति देउवाले मधेसी जनताको माग अनुरुप सीमाङ्कन, अन्तरिम संविधानमा भएको नागरिकताको प्रावधान, समावेशी समानुपातिक प्रतिनिधित्व, भाषालगायतका विषयलाई समेटेर संशोधन प्रस्ताव तयार भएको जनाउ दिद संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव पास हुनैपर्ने बताउनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै यस पछि १ वर्षभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी सङ्घीयतालाई बलियो बनाउने अभिभारा बाँकी रहेकाले संविधानलाई सर्वस्वीकार्य बनाई मुलुकलाई निकास दिनु पर्ने जिकिर गर्नु भएको थियो । त्यस्तै सभापति देउवाले नेपाल प्रेस युनियन, पर्सा शाखाद्वारा आज वीरगन्जमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आज संसदमा दर्ता हुने संविधान संशोधन प्रस्तावको सवालमा बोल्दै उहाँले संविधान संशोधनको प्रस्तावमा एमालेका अध्यक्ष केपी लीसँग पनि सकारात्मक कुरा भएकाले उहाँ पनि प्रस्तवको सवालमा सकारात्मक रहेको विचार व्यक्त गर्नु भएको छ ।