मङ्लबार, जेष्ठ १, २०८१

सत्ता साझेदार दल र गठबन्धनवीचका संशोधन प्रस्ताव दर्ता गर्ने सहमति

काठमाडौ मार्ग ८,  आगामी तीन दिनभित्र संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता  हुँने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  संविधान संशोधनको कुनै औचित्य नभएको भन्दै कांग्रेस र माओवादीले ल्याएको संशोधन प्रस्तावको मस्यौदा अस्वीकार गरेपछि प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान nepal_consitisuion_476584254बसेको सत्ता साझेदार दल र गठबन्धनवीचको बैठकले संशोधन दर्ता गर्ने सहमति गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

आजको बैठकमा प्रदेश सीमाङ्कन, भाषा, राष्ट्रियसभामा प्रतिनिधित्व विषय र नागरिकतालगायत प्राविधिक विषयसमेत समेटेर संशोधन प्रस्ताव दर्ता गराउने समझदारी भएको र प्रस्तुत समझदारी अनुरुप संशोधन प्रस्ताव संसद्मा दर्ता गराउँन मस्यौदा प्रक्रिया सरकारले अघि बढाउँने तयारी सुरु गरिएको समाचारमा उल्लेख  गरिएको छ ।  बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता तथा गठबन्धनका तर्फबाट शीर्ष नेताको सहभागिता रहेको जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031