आइतवार, बैशाख ३०, २०८१

नेपाल संवतलाइ संविधानमा स्थापित गर्ने प्रम प्रचण्डको प्रतिवद्धता

img_2801_sjh_nhu-da-1137-vintuna-rally img_2807_sjh_nhu-da-1137-vintuna-rallyimg_2892_sjh_nhu-da-1137-vintuna-rallyकाठमाडौ कात्तिक १५, प्रधानमन्त्री पुष्पकमल दाहालले आफू img_2817_sjh_nhu-da-1137-vintuna-rallyपहिलो पटक प्रधानमन्त्री हुँदा नै नेपाल  संवतलाइ  राष्ट्रिय संवत्को औपचारिक मान्यता प्रदान गरी घोषणा गरेको उहाँले स्मरण गर्दै संविधान संशोधन गरेरै भए पनि नेपाल संवत्लाई संविधानमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  नयाँ वर्ष नेपाल संवत् ११३७ प्रारम्भ भएको अवसरमा न्हूदँ राष्ट्रिय समारोह समितिले आज राजधानीको बसन्तपुरमा आयोजना गरेको कार्यक्रमलाइ सम्बोधन गद प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन मार्फत नेपाल संवत्लाई व्यवहारमा लागू गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा संविधान संशोधनपछि स्थानीय तहको निर्वाचनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अग्रसर गराइने बताउँदै न्हूँद रािष्ट्रय समारोह समितिले राखेका मागलाई सम्बोधन गर्न सक्दो प्रयास गर्ने समेत बताउँनु भएको छ । कार्यक्रममा प्रम प्रचण्डले पूर्व सभासद् बुद्ध साय्मीलाइ रू २५ हजार राशिको ‘नेपाल संवत् पुरस्कार’ समेत प्रदान गर्नु भएको थियो ।  त्यस्तै न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष तथा सांसद भीमसेनदास प्रधानले नेपाल संवत् नेवार समुदायको मात्र नभई सबै नेपालीको साझा सम्पत्ति भएको हुँदा त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्दै निरन्तरता दिनुपर्ने माग गर्नुभएको थियो । यसअघि, बिहान बसन्तपुरबाट । पञ्चबुद्धको भाँकी सहित विभिन्न सामाजिक सङ्घ÷संस्थाका साथै स्थानीय क्लबहरु सम्मिलित विशाल सांस्कृतिक ¥यालीले काठमाडौँ नगरको भित्री सहर परिक्रमा गरेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930