शुक्रबार, बैशाख २१, २०८१

ने सं ११३७ को शुभकामना दिदै प्रम प्रचण्डले भने-शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय

काठमाडौं कात्तिक १५,  प्रधानमन्त्री पुष्पकमल दाहालले े नेपाल संवत्को उपलक्ष्यमा आज जारी गर्दै नेपालको मौलिक संवत् नेपाल संवत् ११३७, नयाँ वर्ष शुभारम्भको सुखद उपलक्ष्यमा prachanda-dahalदेशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  त्यस्तै उहाँले नेपाल संवतलाई राष्ट्रिय संवत्का रुपमा स्थापित गर्ने र व्यवहारमा कार्यान्वयन गर्ने जिम्मेवारी हामी सबैको काँधमा रहेको उल्लेख गर्दै आफ्नो शुभकामना सन्देशमा नेपाल संवत्का प्रवर्तक एवम् राष्ट्रिय विभूति शङ्खधर साख्वाःले खेल्नुभएको भूमिका अविस्मरणीय रहेको बताउँदै जनतालाई ऋणबाट मुक्त पार्ने अभियानका अभियान्ता शङ्खधर साख्वाःले समकालीन समाजमा परिवर्तनको महत्वपूर्ण जग बसाल्नुभएको उल्लेख गरिएको छ ।

साथै सन्देशमा प्रम प्रचण्डले नेपाल संवत् नेपालको मौलिक संवत् हो देशकै गरिमा र मौलिकताका निम्ति साख्वाःले पु-याउनुभएको योगदान सबैका लागि प्रेरणादायी भएको जिकिर गर्दै गणतन्त्र स्थापनापछि आफ्नै प्रधानमन्त्रीत्वकालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा घोषणा गर्ने अवसर मिलेको स्मरण सहित नयाँ संविधानमा सबैका भावनाको प्रतिनिधित्व गर्ने प्रयोजनका लागि सरकार संविधान संशोधनको गम्भीर गृहकार्यमा जुटिरहेकाले संविधानको स्वीकार्यता बढाएर यसको कार्यान्वयन र मुलुकको समृद्धिका लागि यसले महत्वपूर्ण योगदान गर्ने आफूले विश्वास लिएको जनाउ दिनु भएको छ ।