आइतवार, बैशाख १६, २०८१

स्थापना दिवसकोअवसरमा अन्र्तक्रिया

anup_20161031_1anup_20161031_2

कुनै गुट र उपगुट नभनी सबैलाई समेटर कार्यसमिति बिस्तार गर्ने र चाडै नै युवामुखी कार्यक्रम लिएर आउने अध्यक्ष घिमिरेको प्रतिवद्धता

काठमाडौ कात्तिक १५,  नेपाल तरुण दलको ६३ औ स्थापना दिवसको अवसरमा तरुण दल बेलायत शाखाले आइतवार लोकतन्त्र संघीयता र राष्ट्रिय एकतामा नेपाली युवाको भूमिका विषयक अन्र्तक्रियाको आयोजना गरेका छन । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय बिभाग सदस्य तथा महाअधिवेसन प्रतिनिधि बिज्ञान प्रसाईले नेपाली जनसम्पर्क समिति बेलायतमा केहि कमि कमजोरी रहेको आफुले महसुस गरेको बताउदै यसको निराकरणको लागि नेपाल तरुण दल बेलायतले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै महाअधिवेसन प्रतिनिधि महेस कुमार दाहालले एनआरएनका लागि सरकार र राजनैतिक दलका नेताहरुले पक्ष्यपात गरेको विचार व्यक्त गर्दै त्यसका समाधानका लागि तरुण दलले पनि आफ्नो स्थान बाट सक्दो पहल गर्नु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।
त्यस्तै चिरन्जीवी ढकालले पदका लागि भन्दा सेवाका लागि राजनीति गर्न प्रेरित गर्दै तरुण दलले युवाहरुलाई समेटेर जाँदा नेपाली जनसम्पर्क समितिको एकताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गर्नु भएको उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेलायतकि नेत्री तथा एनआरएन बेलायतकी उपाध्यक्ष कुमारी गुरुङ ,प्रवेस केसी बेदराज पराजुली  पत्रकार एभरेष्ट गौतम लगायतले राजनीति पदका लागि नभएर सेवाका लागि गर्न प्रेरित गर्दै छलफलद्वारा समस्याको समाधान गर्न सुझाव दिनु भएको थियो  भने  पंकज प्रधान, शंकर श्रेष्ठ, सुमन चालिसे, हर्क नन्द लिम्बुले तरुण दलको भूमिकाको बारेमा प्रकाश पार्दै भाबी कार्यक्रमको लागि सहयोग गर्न आफुहरु तयार रहेको धारणा व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा नेपाल तरुण दल बेलायतका अध्यक्ष बिस्व घिमिरेले नेपाल तरुण दल बेलायत नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि नेपाली जनसम्पर्क समिति बेलायत, नेबि संघ बेलायतका साथै सम्पूर्ण भात् संस्थासंग सहकार्य गर्न तयार रहेको जनाउ दिदै नेपाल तरुण दल बेलायतलाइ सहयोग गर्नु सम्वद्ध पक्षलाइ आवहान गर्नु भएको थियो ।  साथै उहाँले संस्थाको वैधानिकता माथिको उठेको प्रश्नको जवाफ दिदै नेपाल तरुण दल केन्द्र र केन्द्रिय समितिसंग भएको पत्रचार र निर्देशन पत्र देखाउंदै आफुलाई केन्द्रले पूर्ण अधिकार प्रदान गरेको कुरा सप्रमाण प्रस्तुत गर्नुको अलावा आफुले कुनै गुट र उपगुट नभनी सबैलाई समेटर कार्यसमिति बिस्तार गर्ने र चाडै नै युवामुखी कार्यक्रम लिएर आउने बताउनु भएको प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।