मङ्लबार, जेष्ठ १, २०८१

प्रधानमन्त्री प्रचण्डलाइ ७ दिने अल्टिमेटम सहितको ज्ञापन

भिठ्ठामोड भाद्र १२ , जनकपुर –भिठ्ठामोड (विद्यापति राजमार्ग) सडक निर्माण कार्य अविलम्ब प्रारम्भ गर्न महोत्तरी–धनुषा संयुक्त संघर्ष IMG_1934 sarbpakshiye gyapan-1 sarbpakshiye gyapan-2 समितिले जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा जिल्ला प्रशासन कार्यालय धनुषा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका छन । एक साताको अल्टिमेटम सहित बुझाईएको उक्त ज्ञापन पत्रमा सडक निर्माणको प्रक्रिया तत्काल अगाडी नबढाइए चरणबद्ध कडा आन्दोलनमा जाने उल्लेख गरिएको छ ।
त्यस्तै ज्ञापनपत्र बुझाउँदै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवम् महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिका संयोजक राम कुमार शर्माले सडक निर्माणको प्रकृया अगाडी नबढाइए सम्म कुनैपनि हालतमा आन्दोलन नरोकिने र यसको लागि जस्तोसुकैबलिदान गर्न पनि तयार रहेको धारणा अभिव्यक्त गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

समितिले सडक निमार्णको लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष एवम् महोत्तरी–धनुषा संयुक्त संघर्ष समिति गठन गरि विगत लामो समय यता देखि आन्दोलन जारी राख्दै आएका छन । त्यस्तै समितिले आज आन्दोलकै प्रारुपमा जिल्ला प्रशासन कार्यालय मार्फत बुझाउन सघर्ष समितिका संयोजक राम कुमार शर्मा को प्रतिनिधीमण्डलमा तमलोपाका महोत्तरी अध्यक्ष अभिराम शर्मा, नेपाली कांग्रेसका महोत्तरीका नेता कालीकान्त झा, तमसपाका केन्द्रीय सदस्य शुरेश पाण्डे, नेकपा एमालेका महेन्द्र साह, नयाँ शक्ति महोत्तरीका संयोजक कौशलेन्द्र शर्मा, आम आदमी पार्टीका दिपेन्द्र यादव, नयाँ शक्तिका नेता कलामुद्दिन राइन, महेश कुमार यादव, सुन्दर अभियानीहरु ल्गायत सयौंको सख्यामा आन्दोलनकारीको सहभागीता रहेको बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031