शुक्रबार, बैशाख २१, २०८१

राष्ट्रिय सहमतिको सरकार गठन गर्न प्रम ओलीलाइ प्रचण्डको आग्रह

  काठमाडौ श्रावण १५,  प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ ।

 oli kp bijayaएमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रियामा माओवादी केन्द्र अगाडि बढिरहेका बेला भएको प्रस्तुत छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरुलाई दिनुभएको डेटलाइन आइतबार सकिन लागेको बताउँदै राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो ।  तर अध्यक्ष दाहालको आग्रहको प्रतिउत्तर दिदै प्रम ओलीले तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने कुनै गुन्जायस नभएको जनाउ दिनु भएको बताईएको छ।