शुक्रबार, बैशाख ७, २०८१

बुद्धमुर्तिको स्थापनार्थ साङगेतीक कार्यक्रम

काठमाडौ श्रावण १५,  गत वर्ष बैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक लगायत नेपालको ७५ वटै IMG_0256 copy IMG_0285 copy IMG_0380 copy IMG_0485 copy IMG_0568 copy IMG_0641 copy IMG_0669 copy जिल्लामा १ सय फुट भन्दा अग्लो बुद्धमुर्तिको स्थापना सहित र सोही स्थानमा बुद्ध शिक्षालय स्थापना गर्ने लक्ष्यका सथापना गरिएको संस्था बुद्ध, मि एण्ड नेपालले प्रस्तावित लक्ष्य प्राप्तिका लागि राजधानीमा शुक्रवार साँझ राजधानीको प्रज्ञा भवनमा “बुद्ध, म र नेपाल मनोरञ्जन साँझ २०७३“ मनोरन्जनात्मक साङगेतीक कार्यक्रमको आयोजना गरिएको छ

कार्यक्रममा चर्चित गायिका कोमल ओलीको तिज गीत पोइ पाउँ भन्दे सुरु गरिएको उक्त कार्यक्रममा हास्य कलाकारहरु IMG_0819 copy IMG_0766 copyकिरण के।सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले धेरैलाई हसाएको थियो । प्रहशनमा देशको परिस्थितीको वारेमा व्यगंतामक रुपले राजनीतिलाई घोचपेच गरेका थिए । त्यस्तै दिपकराज गिरी, दिपाश्री निरौलाको पृथक प्रस्तुतिले दर्शकलाई थप मनोरंजन प्रदान गरेको थियो ।  त्यस्तै सुरेन्द्र के सी , शिव शंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मुलक मनोरंजन दिएको थियो भने शंकर वि।सी। र पार्वती राईको नृत्यमा दर्शकहरु निकै रमाएका थिए ।

त्यसै गरि नायक सुशिल छेत्री तथा नायीका तथा निर्मात्री जेनी कुँवरको नृत्यसंगै गायक डिजराज पौडेल लगायत ले राजेश पायल राइले आफ्ना चर्चित गीत गाएर थप मनोरन्जन प्रदान गरे । कार्यक्रम संचालनको जिम्मा लिएका हास्यकलाकार मनोज आचार्य र विल्सन विक्रम राईले पनि दर्शकहरुलाई पटक पटक हसाएको थियो ।

सस्थाका अध्यक्षमा  गौतम मान सिंह त्यस्तै उपाध्यक्षद्दय शिवहरि पौडेल सुरेन्द्र केसी, महासचिवमा गायिका सुनीता दुलाल, सचिवमा गायक डिजराज पौडेल अन्य सदस्यहरुमा शिवशंकर पान वाला,मृगेन्द्र भट्राई अम्बिका डंगोल, उर्मिला श्रेष्ठ लगायत नेपालका चर्चित कलाकार,व्यापारी,समाजसेवीहरुको संलग्नता रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु