शुक्रबार, बैशाख २१, २०८१

आज अपरान्ह सहकालको देवता मछिन्द्रनाथको भोटो देखाइयो

ललितपुर श्रावण १४, आज वर्षा र सहकालका देवताको रुपमा पूजीने रातो ललितपुरस्थित रातो मच्छिन्द्रनाथको Anup_20160729_20Anup_20160729_13 Anup_20160729_12Anup_20160729_27 Anup_20160729_31 Anup_20160729_32 Anup_20160729_37रथजात्राको अन्तिम दिन अन्र्तगत ललितपुरको जाउलाखेलमा परम्परागत भोटो देखाइएको छ । रातो मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याएको ४ दिनपछि राष्ट्राध्यक्षको  उपस्थितीमा भोटो देखाउने परम्परा अनुरुप आज राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितीमा भोटो देखाइएको हो ।
ललितपुर गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले रथको चार कुनाबाट उपस्थित सबैलाई भोटो देखाउनुभएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख ओनसरी घर्ती Anup_20160729_21 Anup_20160729_19 Anup_20160729_18 Anup_20160729_17 Anup_20160729_16 Anup_20160729_9 Anup_20160729_8 Anup_20160729_6 Anup_20160729_3र उपप्रधानमन्त्री भीमबहादुर रावल मन्त्रिगण, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न निकायका प्रमुख एवम् जिल्लास्थित दलका नेता, सभासद् एवम् हजारौँ सर्वसाधारणले जावलाखेलमा भोटोजात्रा अवलोकन गर्नुभएको थियो ।

त्यस्तै त्यस अवसरमा अवसरमा राष्ट्रपति भण्डारीले रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा दर्शन एवम् जीवित देवी कुमारीको पनि दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको थियो । जात्रा सम्पन्न भएलगत्तै रातो मच्छिन्द्रनाथको मूर्ति खटमा राखेर बुङ्मती लगिएको छ ।

Anup_20160729_40 Anup_20160729_43 Anup_20160729_34मच्छिन्द्रनाथको भोटोको सवालमा प्राप्त किंवदन्तीअनुसार परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरुप नागराजले दिएका हुन् । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित एक जात्रामा एकजना राक्षसले लगाएको देखेको प्राचीन मान्यता छ ।
कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच धेरै विवाद भएकाले दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोका रुपमा देवताले उक्त भोटो राखेकाले हरेक वर्ष भोटो देखाउने गरिएको हो ।