शनिबार, बैशाख २२, २०८१

माग सम्बोधनमा नेतृतवको मौनता, संघका नेताहरु आमरण अनसन बस्ने

काठमाडौं श्रावण १४, तोकिएकै मितिमा नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन हुने संभावना न्यून भएको भन्दै महाधिवेशनको सुनिश्चितताको माग गर्दै नेवि संघ नेताहरुले पार्टी केन्द्रीय मुख्यालयमा सानेपाम�� संघका पूर्व कोषाध्यक्ष kundanकुन्दनराज काफ्लेको नेतृत्व रिले अनशनमा बस्दै आएका विद्यार्थी नेताहरुले शनिवारबाट आमरण अनशन सुरु गर्ने भएको छ ।

यसअघि रिले अनशन बस्दै उनिहरुले छैठौ दिन वितीसक्दा पनि नेतृत्वले माग सम्बोधन गर्ने कुनै गुन्जायस नदेखाएपछि विद्यार्थी नेताहरु आमरण अनशनमा बस्ने तयारी गरेको हो ।  श्रावण १५ गते अपरान्हबाट संघको महाधिबेशन विधिवत र धाधली रहित रुपमा सम्पन्न गरि नेविसंघमा आन्तरिक लोकतन्त्रको सुनिश्चिताको लागि आमरण अनशन बस्ने तयारी गरेको विद्यार्थी नेताहरुले बताएका छन ।