बिहिबार, बैशाख २०, २०८१

सत्ता साझेदार दलहरूले सर्वसत्तावादी सोच लाद्न खोजेको सभापति देउवाको आरोप

काठमाडौ आषाढ १०,  प्रजातान्त्रिक विचार समाजको  १० औं   राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रको आवरणमा सत्ता साझेदार दलहरूले सर्वसत्तावादी सोच लाद्न खोजेको आरोप सहित लोकतन्त्र र प्रजातन्त्रमा अटुट विश्वास राख्ने आफ्नो काँग्रेस निर्वाचनदेखि नडराउने बताउँनु भएको छ ।  त्यस्तै निर्वाचनको लागि आवश्यक वातावरण बनाउँनुको sher-bahadur-deuwa3अलावा एकतर्फ मुलुकमा यो वा त्यो बहानामा बढ्दो महँगी, कालोबजारी नियन्त्रण गर्न नसक्ने सरकारले निर्वानच गराउँछु भन्ने सुगा रटाइ मात्र गर्नुको कुनै टुक नभएको बताउँदै संविधानका प्रावधानअनुरूप तिनै तह स्थानीय, प्रदेश र संसदको निर्वाचनको तिथिमिति तय गर्नु पर्नेमा जोड दिनु भएको छ ।

त्यस्तै उद्घाटनसत्रलाइ सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनमा भन्दा कसरी सत्ता जोगाउँने तर्फ उन्मुख भएको जनाउ दिनु भएको उक्त कार्यक्रमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले सयुक्त रुपमा वरिष्ठ पत्रकार इन्द्रकान्त मिश्र र शशि थापालाई लगायत समाजका पूर्व अध्यक्षहरू होमनाथ दाहाल, हरिहर दाहाल, प्रा डा जीवराज पोखरेल, प्रा डा चन्द्रलाल श्रेष्ठ, प्रा वसन्तकुमार गौतम, प्रा डा हरिबहादुर कार्की र प्रा डा भरत झालाई सम्मान गर्नुभएको थियो ।

त्यस्तै काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, होमनाथ दाहाल र प्रा वसन्त गौतमले संविधान कार्यान्वयन मुलुकको आवश्यकता रहेको र यसको लागि कााग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । समाजका अध्यक्ष डा केदारनरसिंह केसीको सभापतित्वमा सम्पन्न प्रस्तुत कार्यक्रममा समाजका उपाध्यक्ष अध्यक्ष कुलचन्द्र वाग्लेले समाजका गतिविधिमाथि प्रकास पानर्स भएको थियो ।