बिहिबार, चैत्र १५, २०८०

सुनुवाइ समितिले ११ न्यायाधीश एवम् २१ मुलुकको लागि प्रस्तावित राजदुको सुनवाइ गर्ने

काठमाडौ आषाढ १०,  व्यवस्थापिका–संसद् संसदीय सुनुवाइ विशेष समितिको आज बसेको बैठकले ससद्को नियमावली पारित हुन Captureनसक्दा लामो समयदेखि अवरुद्ध हुँदै आएको सुनुवाइको प्रक्रिया अगाडि बढाउने भएको छ ।

मङ्गलबार सुनुवाइ समितिको सभापतिमा निर्वाचित सभापति कुलबहादुर गुरुङको सभापतित्वमा आज बसेको बैठकले सर्वोच्च अदालतकाका लागि ११ न्यायाधीश एवम् २१ मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । यस्तै आजको बैठकमा समितिको कार्यदलले तयार पारेको कार्यविधिसमेत पारित गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।